तीन महिनामा नेपाल टेलिकमको नाफा ४९ प्रतिशतले बढ्यो

काठमाडौँ, ३० कार्तिक । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको खुद नाफा झण्डै ४९ प्रतिशतले बढेको छ ।

टेलिकका अनुसार मगएको आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा रहेकोमा यो वर्षको तीन महिनामा ४८ दशमलव ९० प्रतिशतले बढेर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

साउन, भदौ र असोजमा पोहोरको भन्दा ७४ करोड २१ लाख रुपैयाँ धेरै नाफा भएको टेलिकमको रिपोर्टमा उल्लेख छ । यस्तै, गएको वर्षको पहिलो तीन महिनाको कुल आय  १० अर्ब १० करोड ४४ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो तीन महिनामा ८४ करोड ७८ लाख रुपैयाँले बढेर १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यस्तै, गएको आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भन्दा यो वर्षको त्रैमासिकमा सञ्चालन आय एक अर्ब १३ करोड रुपैयाँले बढेर ९ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ पुगेको नेपाल टेलिकमले जनाएको छ ।

फोर जी आयोजना विस्तार भएसँगै ग्राहक बढेका, मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भएको, फाइबर टु दि होमका ग्राहक बढेका, कोरोना विरुद्धको खोप लगाउने क्रम तीव्र हुँदा कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको लगायतका कारणले टेलिकमको आय तथा नाफा बढेको टेलिकमले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।