५ अर्ब ५३ करोड ठगी: १४ सय ४१ जनाद्वारा जाहेरी

काठमाडौँ, ३० कार्तिक । सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् ।

तीन वर्ष अघिदेखि रकम फिर्ता नपाएको भन्दै सिभिल ग्रुपको ठगीका विषयमा जाहेरी पर्न थालेपछि सीआईबीले सो संस्थाका सञ्चालकसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । हाल १२ जना पूर्वकर्मचारी र हाल कार्यरत कर्मचारी सीआईबीको अनुसन्धानको दायरामा छन् ।

सीआईबीले सिभिल ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्वसांसद इच्छाराम तामाङसहित १२ जनालाई थुनामा राखेरै अनुसन्धान गरिरहेको छ । सीआईबीले उनीहरूविरुद्ध हालसम्म ५ अर्ब ५३ करोड २६ लाख ६९ हजार ४ सय ४२ रुपैयाँबराबरको ठगीका जाहेरी परेको जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्