शेयर बजार २६ अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौँ, २९ कार्तिक । शेयर बजार परिसूचक नेप्से आज सोमवार बढेको छ । नेप्से आज २६ दशमलव ४४ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय २८ कम्पनीका ८६ लाख ३६ हजार कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३५ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बोटलर्स नेपाल, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एभरेस्ट इन्स्योरेन्स कम्पनीको प्रमोटर शेयर र महालक्ष्मी विकास बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021