अष्ट्रियामा खोप नलगाएका मानिसलाई लकडाउन

अष्ट्रिया, २९ कार्तिक । यूरोपेली मुलुक अष्ट्रियाले खोप नलगाएका मानिसहरूका लागि लकडाउन लागु गरेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै पूर्ण मात्रा खोप नलगाएका करिब २० लाख मानिसहरूका लागि लकडाउन गरिएको हो ।
 
“हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौँ, तर दुर्भाग्यवश यो आवश्यक छ”, चान्सलर एलेक्जेन्डर शालेनबर्गले बताए । खोप नलगाएका मानिसहरूलाई काममा जाने या खानेकुरा किन्ने जस्ता सीमित कारणहरूको लागि मात्र घरबाहिर निस्कन अनुमति दिइएको छ । 

अष्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाएका छन् । जुन पश्चिम यूरोपको एकदमै कम दरमध्ये एक हो । यसैबीच, सात दिनको संक्रमण दर प्रति १ लाखमा ८ सय भन्दा बढी रहेको छ, जुन यूरोपको उच्च संक्रमण दर मध्येको एक हो ।

समग्रमा, यूरोप फेरि एक पटक महामारीबाट नराम्ररी प्रभावित हुने क्षेत्र बनेको छ । र थुप्रै देशहरूले प्रतिबन्धहरू लागु गर्दैछन् र संक्रमण बढ्ने चेतावनी दिएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021