दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौँ, २९ कार्तिक । आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो । त्यस्तै, चालू शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को नयाँ पाठ्यक्रम लागू भइरहेको छ । केन्द्रले आगामी शैक्षिक शत्र अर्थात् २०७९ मा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लागू गर्ने तयारी गरेको छ । त्यसका लागि पुस्तक लेखन कार्य अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

केन्द्रका निर्देशक एवं प्रवक्ता गणेश भट्टराईले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउन लागेको ४, ७ र ९ कक्षाको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक नमुनाका रूपमा देशभरका ७६ विद्यालयमा लागू भएको जानकारी दिनुभयो । उहाँले ती विद्यालयमा शिक्षक, विद्यार्थी र सरोकारवालासँग सुझाव संकलन गरी सोही आधारमा संसोधनसहित पुस्तक लेखन शुरु गरिएको जानकारी दिनुभयो ।  यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा