पृथकतावादी हिंसा र द्धन्दमा गाँजिएको पाकिस्तान

एजेन्सी, २८ कार्तिक । छिमेकी अफगानिस्तानमा तालिबान शासकहरूको शासन सुरु भएपछि पाकिस्तानमा पनि आन्तरिक द्धन्द र आन्तरिक पृथकतावादी आतङ्ककारी सङ्गठनहरूको हिंसा असाध्यै बढेको पाइएको हो ।

प्रधानमन्त्री इमरान खानको सरकारले यी चुनौतीहरूलाई पहिलेदेखि नै औँल्याएको भए पनि यस विरुद्ध ठोस कदमहरू भनेँ नचालेको बताइन्छ । अझ विशेष रुपमा तालिबानहरूलाई पाकिस्तानमा आश्रय दिएको आरोप खेपिरहेका इमरान खानको नेतृत्वको सरकारले तालिबानको विजयलाई रणनीतिक विजयका रूपमा लिएको पनि बताइन्छ । पाकिस्तानका सुरक्षा विशेषज्ञहरूकै भनाँई मा इमरान खानको सरकारको तालिबानहरु संगको निकटताले पाकिस्तानमा दुई कुराहरूमा क्षति भएको छ ।

पहिलो चाहिँ तालिबानहरूले आफूभन्दा पनि कडा अल कायदासंग इस्लामीक स्टेट खोरासनमा सामना गर्नु परिरहेको छ भनेँ दोस्रो चाहिँ तालिबानहरू आफ्नो वैचारिक तालमेलको डोरी पाकिस्तानमा तेहरीक ए तालिबान पाकिस्तानसङ काट्न पटक्कै मानिरहेको छैन । यस अर्थमा तालिबान काबुलबाट पाकिस्तान सम्म आफ्नो बिचारको नियन्त्रण र प्रसार गरिरहेको छ ।

इस्लामको दियोबन्धी धार सङ्ग सम्बन्ध राख्ने कट्टरवादी सङ्गठन तेहरीक ए तालिबानबाट त इमरान खानको सत्ताले निकै पहिलेदेखि तनाब भोगिरहेको छ । यस सङ्गठन बरेल्वी पक्षको पैरवी गर्दछ, तालिबानबाट साथ पाएपछि भर्खरै यस सङ्गठनले लाहोर देखि इस्लामवादसम्म एउटा लामो मार्च नै गरेको थियो । यसरी तालिबान शासकको सहयोगमा पाकिस्तानमा पृथकतावादी सङ्गठनहरूको उपस्थिति र हिंसा असाध्यै बढ्दै गइरहेको बताइन्छ । यस्ता सङ्गठनहरूको उपस्थितिमा त झनै पाकिस्तानमा धार्मिक अल्पसख्यंक हरु माथि अमानवीय हिंसा भइरहेको छ । पछिल्ला महिनाहरूमा पाकिस्तानमा हिन्दु र इसाई धर्मावलम्बीहरूमाथिको हिंसा पनि यस कारणले असाध्यै बढेको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021