नेपाली विद्यार्थीकाे भविष्य अन्योलमा

काठमाडौँ, २८ कार्तिक । कोभिड–१९ महामारी विगत दुई वर्षयता मत्थर हुने क्रममा छ तर एउटा देशबाट अर्को देशमा आवतजावत भने अझै सहज हुन सकेको छैन । आवतजावत अवरुद्ध हुँदा चीनमा पढ्ने नेपाली विद्यार्थी मर्कामा परेका छन् ।

महामारीबाट जोगिन घर फर्केका विद्यार्थीको भविष्य अन्योलमा परेको गुनासो झापा सुरुङ्गाका दिव्यप्रकाश राय गर्नुहुन्छ । उहाँ एमबीबीएस पढ्न चीनको ग्वान्सी प्रान्तको विश्वविद्यालय पुग्नुभयो । एक वर्षको भाषा अध्ययन र बाँकी पाँच वर्षको चिकित्सकीय अध्ययन पनि पूरा गर्नुभयो ।

एकवर्षे चिकित्सकीय अभ्यास गर्नुपर्ने समयमै महामारीको जालो चीनमा फैलन थाल्यो । जसका कारण विश्वविद्यालयकै सल्लाहमा केही समयका लागि भनेर उहाँ सन् २०२० को फेब्रुअरीमा नेपाल फर्कनुभयो । तर, फर्कने समय दुई वर्ष बितिसक्दा पनि आएन ।

उहाँले भन्नुभयो, “लाग्ने खर्च सबै तिरिसकियो, इन्टर्नसिप गर्न नपाउँदा पढेको व्यर्थजस्तो भइसक्यो, कि त नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिनुप¥यो नभए फर्कनका लागि अनुमति सरकारले दिलाइदिनुप¥यो ।” उहाँको समूहमा नेपालबाट २३ जना चिकित्सा अध्ययनका लागि चीन पुगेका थिए । तीमध्ये करिब पाँच जना उतै बसे । बाँकी स्वदेश फर्केका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021