चीनमा जीङ्गजीयाङ्गको अवस्थाप्रति बेलायतको चासो: उक्त क्षेत्रमा सहज पहुँचका लागि माग

एजेन्सी, २५ कार्तिक । गत शुक्रवार बेलायतले चीनको जीङ्गजीयाङ्गको अवस्थाप्रति चासो व्यक्त गरेको हो । यसका साथै मानव अधिकार सङ्गठनका हाइ कमिस्नरलाई उक्त क्षेत्रमा सहज पहुँचका लागि बेलायतले माग पनि गरेको हो ।

असिस्टेन्ट सेक्युरिटी जनरल फर ह्यूमन राइट्सका इल्ज ब्राण्ड केरिसले बेलायत र समग्र अन्तर्राष्ट्रिय समुदाय जीङ्गजीयाङ्गको अवस्थाप्रति चासो राख्ने बताउँदै ओएनसीएचआरको जीङ्गजीयाङ्गको अवस्थाउपर प्रतिवेदन बनाउने प्रतिविद्धतालाई पनि चीनले समर्थन गरेको बताएका थिए । चीनले ह्यूमन राइट्सका कमिस्नर र ओएनसीएचआरका प्रतिनिधिहरूलाई उक्त क्षेत्रमा सहज पहुँच गर्न दिनुपर्ने माग पनि ब्राण्ड केरिसले राखेका हुन् ।

यसका अलावा ब्राण्ड केरिसले हंगकंगको र तिब्बतको विषयमा पनि बेलायत र अन्तर्राष्ट्रिय समुदायले बिचार गरिरहेका छन् भनी बताएका थिए । जीङ्गजीयाङ्ग प्रान्तमा चीनले उहिगुर मुसलमान समुदायलाई असाध्यै ज्यादती र उत्पीडन गरिरहेको बताइन्छ यद्धपी त्यहाँ चीन सरकारले सहज पहुँच नदिएकाले गर्दा तथ्यहरू यकिन गर्न असहज भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।