तरकारीको मूल्य आकासियो

काठमाडौँ, २५ कार्तिक । प्रमुख चाडपर्व सम्पन्न भएका छन् । यस वर्ष असोज र कात्तिकमा प्रमुख चाड दसैँ,तिहार र छठलाई सर्वसाधारणले उत्साहपूर्वक मनाएका छन् । कोरोना विषाणुको असरका कारण गत वर्ष अहिलेजस्तो उत्साहले चाड मनाउने सुविधा सर्वसाधारणलाई भएन । चाडपर्वपछि जीवन फेरि व्यस्तता र वर्षभरिका कठिनाइ तिर फर्कन्छ ।

यस पटक चाडपर्व सकिएलगत्तै सर्वसाधारणले अचानक भान्छा महँगिएको चाल पाएका छन् । सामान्यतः चाडपर्वका बेला राजधानी उपत्यकाका सर्वसाधारण आफ्ना गृह जिल्ला जान्छन् । यस्तो बेलामा अचानक महँगी बढ्नु स्वाभाविक होइन । जहाँ आपूर्ति धेरै गर्नु पर्दैन भने मूल्य बढ्नुपर्ने अवस्था पनि रहँदैन । तरकारी बजारलाई व्यवस्थित गर्न नसकेका कारण यस्तो भएको हो । मूल्य वृद्धि हुँदा पनि एकैचोटि दोब्बरसम्म हुनु आफैंँमा अस्वाभाविक हो ।

खासगरी तरकारी उत्पादक किसान र उपभोक्ता सर्वसाधारणले प्रत्यक्ष फाइदा उठाउन नपाउने स्थिति हामीकहाँ छ। विचौलियाहरूको र जगजका कारण उत्पादक र उपभोक्ताले फाइदा लिन नसकेका हुन् ।

त्यसै कारण मूल्य बढे पनि किसानले फाइदा उठाउन सक्दैनन्। मूल्य घटे पनि उपभोक्तासम्म त्यो लाभ आइपुग्दैन। बजारलाई प्रभाव पारेका कारण यस्तो अवस्था आएको हो । बजारको लगाम यथार्थमा उपभोक्ताका हातमा हुनुपर्छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021