ग्लोबल आईएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

काठमाडौँ, २४ कार्तिक । ग्लोबल आईएमई बैंकका ग्राहकले एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधा पाउने भएका छन् । ग्लोबल आईएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटाको सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने जनाइएको छ ।

एनसेल आजियाटा लिमिटेड र ग्लोबल आईएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदारहरू, उनीहरूका परिवार र रेमिट्यान्स आम्दानी भएका व्यक्तिहरूका लागि विशेष बचत खाता हो । यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजनासहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरूको फाइदा लिन सक्छन् ।

यस सम्झौताअनुरूप बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप, ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गतको सिम कार्डमा ग्राहकले २० को मेन ब्यालेन्स, ७ दिनको समय सिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्ने जनाइएको छ ।

त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको रु १०० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्तगर्दछन् । प्राप्त सेवा, सुविधाहरू ७ दिनको लागि मान्य रहनेछ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसियातथा खाडीमुलुकमाकल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् ।

सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरूमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरूको फाइदा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021