चिनको रियल स्टेट ब्यवसाय ऋणको मारमा फस्यो, लाखौं घर बिक्री बिहिन

एजेन्सी, २४ कार्तिक चालु । आर्थिक वर्षको तेस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा आएको मन्दीले देशको रियल इस्टेट उद्योगमा बढ्दो ऋणको समस्यालाई उजागर गरेको छ जसमा लाखौं घरहरू बिक्रीविहीन र खाली भएका छन् ।

हङकङ पोष्टका अनुसार अर्थतन्त्रमा आएको मन्दी विद्युत् अभाव र ढुवानी अवरोधका कारण मात्र नभइ ५ ट्रिलियन अमेरिकी डलर घरजग्गाको ऋण पनि रहेकोे छ । उक्त खुलासा पछी चिनियाँ सरकार अचानक ब्युँझिएको छ । पत्रीकाका अनुसार तेस्रो त्रैमासिकमा चिनियाँ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.९ प्रतिशत मात्रै वृद्धि भएको र हालको आर्थिक समस्याको स्रोत यही क्षेत्रमा रहेको छ जहाँ धेरै कम्पनीहरू गहिरो समस्यामा परेका छन् ।

“अघिल्लो त्रैमासिकको तुलनामा जुलाई देखि सेप्टेम्बरको अवधिमा अर्थतन्त्र ०.२ प्रतिशत मात्र बढेको थियो – चीनले २०११ बाट यस्ता रेकर्डहरू जारी गर्न थालेपछिको सबैभन्दा कमजोर त्रैमासिक मध्ये एक हो । तर आर्थिक वृद्धिका लागि केही महत्त्वपूर्ण चिन्ताहरू रियल स्टेट क्षेत्रबाट बढदै गएको छ । जो अत्याधिक उधारोलाई रोक्न सरकारी अभियानसँगै ऊर्जा समस्याबाट ग्रस्त रहेको एचके पोष्टले सिएनएनको रिपोर्टलाई उद्धृत गर्दै भनेको छ ।

दोस्रो ठूलो चिनियाँ कम्पनी एभग्रेन्ड अक्टोबरको सुरुमा लगभग अमेरिकी डलर ३00 बिलियन भन्दा बढी ऋण र १.६ बिलियन नपुगेको अपार्टमेन्टको साथ लगभग डुबिसकेको थियो । देशका करोडौं लगानीकर्ताहरु र धेरै ठूला बैंकहरूलाई २० अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय ऋणपत्र लिएको छ ।

कम्पनीको बजार मूल्य ५ अर्ब अमेरिकी डलरमा झरेको छ । कम्पनीको शेयर निलम्बनमा परेपछि कम्पनीले असोजको शुरुदेखि नै कारोवार रोकेको थियो। ऋणमा डुबेको एभरग्रान्डका कारण देशका अन्य ठूला घरजग्गा कम्पनीहरू नकारात्मक रूपमा प्रभावित भएका छन् । शेन्जेन, फ्यान्टासिया होल्डिङ्सका लक्जरी अपार्टमेन्ट विकासकर्ताको सेयर ६ प्रतिशतले घटेको छ र ऋणदातालाई ३१५ मिलियन अमेरिकी डलर तिर्न असफल भएको छ । चिनमा लगभग ६५ मिलियन घरहरू खाली हुने अनुमान गरिएको छ। यस्ता तथ्यांकबाट घरजग्गा ब्यबसायको अवस्था अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा