सेयरबजार दोहोरो अंकले घट्यो

काठमाडौँ, २२ कार्तिक । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर दुई हजार आठ सय २९ दशमलब ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

यस्तै, नेप्सेमा चार अर्ब ४२ करोड सात लाख बराबरको कारोबार भएको छ । कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् । यस्तै, आज सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले ५२ करोडभन्दा बढीको कारोबार भएको छ ।             

नेप्सेका अनुसार आज फाइनान्स, म्युचल फण्ड र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राता देखिएका छन् । कारोबारमा आएका कम्पनीमध्ये पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । यि सबै कम्पनीको सेयर मूल्य नौ देखि १० प्रतिशतसम्मको हाराहारीमा बढेको छ ।

आज सबैभन्दा कम नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य झण्डै आठ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021