पाकिस्तानी आतंकवादीहरुको दशकौँको हिंसाका कारणले कश्मीरमा हजारौँको हत्या

एजेन्सी, २० कार्तिक । जम्मु र कश्मीरमा भर्खरै भएका हिंसाका श्रृखलाहरुले पछिल्ला दशकहरुमा त्यहाँ पाकिस्तानी आतंकवादीहरुले मारेका हजारौँ कस्मिरीहरूको सम्झना दिलाएको हो । फ्रेन्च पब्लीकेशनका विश्लेषक अनि लेखक ओलीभर गुलियार्ड भूराजनीतिका प्रखर ज्ञाता हुन् । उन्का अनुसार सन् १९८९ देखिको हिंसाका कारणले कश्मीर मा दसौँ हजार व्यक्तिहरूको हत्या भएको भनी सम्झना गरेका हुन् ।

जम्मुमा गैरस्थानीयहरुको श्रृखलावद्ध हत्यापछि यूनियन टेरिटरीमा ७०० जनालाई पक्राउ पनि गरिएको छ । ओलीभरले इन्डो पाकिस्तान तनावका कारणले लक्षित हत्याहरू उक्त क्षेत्रमा झनै बढ्दै गएको लेखेका छन् । यसरी हिंसाको नयाँ लहर एउटा अर्को विचारयोग्य कुरा रहेको ओलीभर लेख्दछन् । केवल एउटा पुरानो आतङ्कवादी सङ्गठन, द रेसिस्टेन्स फोर्सले मात्र जम्मु कश्मीर को क्षेत्रमा भएका हिंसाहरूको जिम्मेवारी लिन्छन्, अन्य कतिपय सङ्गठनहरू र तिनको परिचालनसम्म पनि कसैलाई थाहै हुँदैन ।

ओलीभरले गत जनवरी १ देखि नै उल्लेखनीय भारतीय सेनाहरूले यस क्षेत्रमा भएको मुठभेडमा ज्यान गुमाएको उल्लेख गरेका छन् । अझ हालको समयमा आम नागरिक र राजनीतिज्ञहरूको हत्याको घटना बढ्दै गएको ओलीभरको ठहर छ । ओलीभरका अनुसार पछिल्ला ३ दशकदेखि नै पाकिस्तान समर्थित आतङ्कवादी समूहहरू र तिनको पृथकतावादी एजेन्डाले उक्त क्षेत्रलाई झनै तनावग्रस्त बनाएको छ । यसका अलावा पनि भारतीय सरकारले कस्मिरीहरूको सुरक्षा र अधिकारका लागि अनेक कदमहरू चालेको र सन् १९९० को जस्तो भयानक वियोग उक्त क्षेत्रमा हुन नदिन भारतीय नेतृत्व सतर्क रहेको ओलीभरको ठम्याई छ । यसका अलावा पनि हालसालै मात्र पनि हजारौँ मान्छेहरू कश्मीर उपत्यका छाडेर बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021