फूलखेतीबाट मनग्य आम्दानी

तनहुँ, १९ कार्तिक । तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।  भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेका छन् । 

मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष ६० हजारको फूल फूलेपछि उनी उत्साहित भएका हुन् । यो वर्ष उनले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगाएका छन् । चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उहाँले बाँझो बारीमा सयपत्री रोपेका छन् । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ । कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ । 

एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उनले बताए । सयपत्री फूलको बजार राम्रो रहेकाले यसबाट सन्तुष्ट रहेको उनले सुनाए । “फूल देखेपछि हामी लैजान्छौं भनेर व्यापारीको फोन आउँछ,” उनले भने, “वर्सेनि तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल आउँछ भनेपछि बजार पाउन दुःख छैन ।” माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर बिक्री गर्ने गरेको उनले बताए । गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै बिक्री भएको उनले सुनाए । एसएलसी सकाएपछि उनी वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । दश वर्ष विदेशमा बसेपछि नेपाल फर्किएर केही गर्ने सोचका साथ उनले यातायात सेवा सुरु गरे । त्यसबाट खासै आम्दानी हुन नसकेपछि उनले फेन्सी पसल सञ्चालन गरे । केही समयको फेन्सी व्यवसायपछि उनले किराना पसल चलाए । हाल किराना सँगसँगै फूलखेती गरिरहेका छन् । सयपत्रीमा सम्भावना देखेका उनी अब फूल खेतीलाई निरन्तरता दिने बताउँछन् । यसपाली व्यावसायिक तरिकाले लागेका उनी अर्को वर्ष फूल खेतीलाई अझै विस्तार गर्ने सोच रहेको सुनाउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021