हाइपरसोनीक मिसाइल निर्माण गर्ने विश्वका थोरै देशहरूमा भारत पनि रहेको अमेरिकी कंग्रीगेशनल रिपोर्टको ठहर

वासिंगटन, १९ कार्तिक  । एउटा स्वतन्त्र अमेरिकी कंग्रीगेशनल रिपोर्टका अनुसार भारत विश्वमा हाइपरसोनीक मिसाइल निर्माण गर्ने विश्वका थोरै देशहरूमा पर्ने बताइएको छ । सोही रिपोर्टका अनुसार भर्खरै परमाणु सहितको हाइपरसोनीक मिसाइल परीक्षण गरेको, उक्त मिसाइलले पृथ्वीको चक्कर मार्दा अमेरिकी इन्टेलीजेन्सले पत्ता लगाएको पनि दाबी गरेको हो ।

द इन्डिपेन्डेन्ट अमेरिकी कंग्रीगेशनल रिसर्च सर्भिस सीआरएसका अनुसार विश्वमा अमेरिका, रुस र चीनले अत्यधिक विशिष्ट हाइपरसोनीक हतियार कार्यक्रम लागु गरेका छन् र अन्य देशहरू भारत, फ्रान्स, जापान, अस्ट्रेलिया, जर्मनले पनि हाइपरसोनीक हतियार विकास गरिरहेका छन् ।

उक्त रिपोर्टका अनुसार अस्ट्रेलियाले अमेरिकासँग हाइपरसोनीक हतियार विकासका लागि साझेदारी गरेको हो भनेँ भारतले रुससँग यस्ता हतियार विकासका लागि साझेदारी गरेको छ । भारतले बहोमस २ र मार्च ७ जस्ता हाइपरसोनीक मिसाइल निर्माणका लागि रुससँग साझेदारी गरेको यस रिपोर्टले ठहर गरेको छ । बहोमस २ सन् २०१७ मा नै विकास भइसक्नुपर्ने निर्धारित समय भएतापनि ढिलाइका कारणले सन् २०२५ देखि सन् २०२८ सम्म विकास भइसक्ने दाबी उक्त अमेरिकी रिपोर्टले गरेको छ ।

उक्त रिपोर्टका अनुसार भारतले डयूल क्यापेवल हाइपरसोनीक मिसाइल विकास गरेर सन् २०१९ जुन र सेप्टेम्बर सन् २०२० मा परीक्षण गरिसकेको छ । उक्त डयूल क्यापेवल हाइपरसोनीक मिसाइलको नाम चाहिँ मार्च ६ स्क्रामजेट रहेको उक्त रिपोर्टले जनाएको छ । भारतसँग १२ हाइपरसोनीक विन्ड टनेलहरू रहेका अमेरिकी कङ्ग्रेसका स्वतन्त्र सदस्यहरू सम्मेलीत उक्त रिपोर्टले जनाएको छ ।

उता चीनले पनि हाइपरसोनीक मिसाइल परीक्षण गरेको यस हप्ता फाइनान्सीयल टाइम्सले लेखेको थियो यद्धपी चीनका अधिकारीहरूले यसलाई गलत बताएका छन् । चीनले हाइपरसोनीक भेहिकल जाँच गरेको र त्यो हाइपरसोनीक मिसाइल नभएको बताएको हो । बेलायती पत्रिका फाइनान्सीयल टाइम्सले चाहिँ चीनले परीक्षण गरेको हाइपरसोनीक मिसाइल आफ्नो लक्ष्यभन्दा दुई दर्जन माइल अगाडि खसेको भनी यसै हप्ता प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021