अफगानिस्तानमा महिलाका विद्यालयहरू बन्द भएको विरुद्ध काबुलमा प्रदर्शन

अफगानिस्तान, १९ कार्तिक । तालिबानरुले अफगानिस्तानमा महिला विद्यालयहरू बन्द गरेपछि मङ्गलवार काबुलका सडकहरूमा महिलाहरूले प्रदर्शन गरेका छन् । तालिबान शासकहरूको ज्याजति देखेर पनि मौन रहेका अन्तर्राष्ट्रिय समुदायहरूलाई आफ्नो आवाज जाओस् भन्ने हेतुले काबुलका सडकहरूमा प्रदर्शन गरिएको बताइएको छ ।

खामा प्रेस न्युज एजेन्सीका अनुसार काबुलको राष्ट्र सङ्घ सहयोग समन कार्यालय अगाडि प्रदर्शन गरिएको हो । उनीहरूले अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकार समूह र संयुक्त राष्ट्र सङ्घलाई नै अफगानिस्तानमा तालिबान शासकहरूले उत्पीडन गरेका महिलाहरूको विषयमा मौन बसेको र भेदभाव गरेको आरोप समेत लगाएका थिए ।

संयुक्त राष्ट्र सङ्घको यो मौनताले गर्दा इतिहास समक्ष राष्ट्र सङ्घ लज्जित हुनुपर्ने उनीहरूले नारा लगाएका थिए । महिला अधिकार, रोजगार र शिक्षाका नाराहरू जोडाजोडले लगाएका अफगानी महिलाहरूले आफ्नो देशका किशोरीहरू विद्यालयका कक्षाकोठा फर्कन आतुर रहेको नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले