एनआईसी बैंकका ग्राहकले एटीएमबाट कार्डबिनै रकम झिक्न सक्ने

काठमाडौँ, १८ कार्तिक । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सक्ने भएका छन् । बैंकले कार्डलेस विदड्रल सेवा दिन थालेको हो । बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जानकारी दिएको छ ।

यो सुविधा प्रयोग गर्न एनआईसी बैंकको मोबाइल एप प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विदड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्ज्याक्सन पिन वा फिङ्गरप्रिन्ट राखेर प्रमाणीकरण गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा प्राप्त गर्नेछन् ।

आफूलाई प्राप्त सोही ओटीपी एटीएमको स्क्रीनमा रहेको कार्डलेस ट्रान्सज्याक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विदड्रल आइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021