सोसियल मिडिया फिल्म अवार्डस्को दोस्रो संस्करण आयोजना हुने

काठमाडौँ, १८ कार्तिक । चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ आयोजना हुने भएको छ ।

ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि.ले आयोजना गर्न लागेको ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ यो दोस्रो संस्करणमा यसपटक लिडिङ वोमन एसोसियसनले सहकार्य गर्ने भएको छ । यसअघि २०७५ सालमा ‘सोसियल मिडिया फिल्म अवार्डस् भव्यताकासाथ सम्पन्न भएको थियो । अवार्डस्को दोस्रो संस्करणमा सहभागिताको लागि दरखास्त आह्वान गरिएको र यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गते देखि फारम खुला गरिएका सोसियल मिडिया फिल्म अवार्डस्की अध्यक्ष जानकी प्रधानले बताईन् । अध्यक्ष प्रधानका अनुसार मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको उनको भनाई छ ।

ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि. की अध्यक्ष तथा आयोजक समितिकी कार्यकारी अध्यक्ष शवनम मुखियाले अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’ चुनौतीपूर्ण समाचारमुलक भिडियो ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए विधामा प्रतिष्पर्धा हुने बताईन् ।

पहिलो महिला छायाँकारसमेत रहेकी मुखियाले ‘सोसियल मिडिया’अन्तर्गत फेसबुक, इन्टाग्राम, ट्विटर, युट्युव, भ्लगमा समावेश गरिएको जनचेतनामूलक र सकारात्मक सन्देश दिने खालका विषयवस्तु समेटिएको भिडियोलाई प्राथमिकता दिईने जानकारी दिईन् । कार्यक्रम संयोजक सन्तोषी अधिकारीका अनुसार फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ ।

संयोजक अधिकारीका अनुसार यसपटक सञ्चारको क्षेत्रमा, उद्योगको क्षेत्रमा र कलाकारीताका क्षेत्रका साथै समाजिक क्षेत्रमा रही राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने छ । फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको एक कार्यक्रम आयोजना गरि मनोनयन सार्वजनिक गरिने आयोजकले बताएको छ । मनोनयमा परेका मध्येबाट उत्कृष्ट छानेर विशेष समारोहमार्फत् ‘सोसियल मिडिया फिल्म अवार्डस्’ प्रदान गरिने संयोजक अधिकारीले बताईन् ।

सहभागीताका लागि लागि सहभागिले अपनाउनुपर्ने नियम र विषयवस्तुबारे ‘सोसियल मिडिया फिल्म अवार्डस्’ को फोसबुक पेजमार्फत् जानकारी पनि राखिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021