अब विमानभित्रै इन्टरनेट सेवा

काठमाडौँ, १७ कार्तिक । नेपाल  दूरसञ्चार  प्राधिकरणले  दुईवटा  विदेशी  एरोस्पेस  कम्पनीलाई  विमानभित्रै  मोबाइल  र  इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई  उडानको इतिहासमा  पहिलो पटक नेपालको  आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन ‘थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए । 

उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन् ।  अब  नेपालको  आकाशमा  उडान  गर्ने  विभिन्न  विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पु¥याउन सक्छन् ।” 

यसअघि  यात्रुले  हवाई  उडान  भर्दा  विमानभित्र  मोबाइललगायतका  उपकरण  फ्लाइट  मोडमा  राखेर  यात्रा  गर्नुपर्ने  बाध्यता  रहेको  थियो । अब  यस  प्रकारको  सेवा  लिएका  विमान  कम्पनीले  आफ्ना  यात्रुलाई विमानभित्रै मोबाइल वाइफाई सेवा उपलब्ध गराउन सक्ने रहँदै आएकोमा अब यी दुई कम्पनीको सेवा  एयरलाइन्सले  खरिद गर्न  सक्ने  प्राधिकरणले  जनाएको छ ।

नेपाल  दूरसञ्चार  प्राधिकरणले  विमानमा  यात्रा  गर्नेका लागि विमानभित्रै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा उपलब्ध गराउन आवेदन माग गरेकोमा ती दुई कम्पनी छनोट भई उनीहरूलाई सहमति प्रदान गरिएको हो । प्राधिकरणद्वारा निर्धारित मापदण्डअनुसार ती कम्पनी छनोटमा परेको उनले स्पष्ट पारे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६