विद्यालयलाई कम्युटर सहयोग

गोरखा, १३ कार्तिक । गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्युटर सहयोग गरिएको छ । पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई आज इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो । 

विद्यालयका पूर्वविद्यार्थी एवं युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा. सतिशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो । 

कम्युटर विद्यालयका पूर्वविद्यार्थी एवं भूगर्भविद् डा कृष्णचन्द्र देवकोटा र पालुङटार नगरपालिकाका नगरप्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्तरुपमा हस्तान्तरण गरे ।  

कार्यक्रममा नगरप्रमुख कँडेलले अमरज्योति जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउनका लागि नगरपालिका कटिबद्ध भएर लागेको बताए ।  “पालुङटार नगरपालिकालाई शिक्षाको हव निर्माणका लागि हामी लागिरहेका छौँ”, नगरप्रमुख कँडेलले भने । डा. देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्युटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित