राजेश हमाल अब गायक पनि

काठमाडौं, ११ कार्तिक । अभिनेता राजेश हमालले दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका छन् । 

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । 

हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशक देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ फिल्म ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै

काठमाडौँ, २ बैशाख । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले देशैभर आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार फिल्मले

काठमाडौँ, २ बैशाख । फिल्म ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउने फिल्म बनेको छ । नयाँ

मुम्बई, २ बैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आज बिहान ५ बजे मोटरसाइकलमा