बेरोजगार पाकिस्तानी युवाहरूलाई सडकमा उतार्ने दम्की

एजेन्सी, ११ कार्तिक । जमात इ इस्लाम पार्टीका इमीर सीरजाकीले पाकिस्तानीको सत्तारुढ पीटीआईको सरकारले जनतालाई मूल्यवृद्धि, बेरोजगारी र मुद्रास्फीती जस्ता कुराहरू मात्र लाद्न सकेको र देशलाई विशाल कर्जामा डुबाएको आरोप लगाएका छन् । पार्टीका नेपा मियाँ अस्लमको निवासमा भएको प्रेस कन्फरेन्सलाई सम्बोधन गर्दै पिटिआई सरकारको रवैया विरुद्ध जमात इ इस्लाम पार्टीले अक्टोबर ३१ मा राजधानीमा विशाल युवा प्रदर्शन गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ईमरान खानले भनेँ झैँ १० लाख रोजगारी सृजना गर्न नसकेको, देशमा जनशक्ति पलायन बढेर गएको बताउँदै उक्त परिणामका लागि सीरजाकीले सत्तारुढ पीटीआईलाई जिम्मेवार ठहर्याएका हुन् । सीरजाकीले पाकिस्तानका युवाहरूलाई हतोत्साहित नहुन र पाकिस्तानलाई एउटा कल्याणकारी इस्लामिक देश बनाउन समग्र युवाहरूलाई जमात इ इस्लाम पार्टीको सदस्य बन्न आग्रह समेत गरेका थिए ।

सत्तारुढ पार्टीले पछिल्ला ३ वर्षमा चीनी, पिठो आदिको अभाव गराएर माफिया पोस्ने मात्र काम गरेको जमात इ इस्लाम पार्टीका नेता इमीर सीरजाकीले बताए । पान्डोरा पेपर्सले लिक गरेका भ्रष्ट पाकिस्तानी व्यक्तिहरूको सुचीमाथि पनि प्रधानमन्त्रीले कुनै कारबाही गर्न नसकेको इमीर सीरजाकीले बताए । उन्का अनुसार नयाँ र समृद्ध पाकिस्तानको सृजनाका लागि पाकिस्तानीले अब जमात इ इस्लाम पार्टीमा नै मत दिने बला आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा