फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

न्युयोर्क, ११ कार्तिक । सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ ।

विवादबीच फेसबुकले सेप्टेम्बर सम्मको तीन महिनामा ठुलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलव ८ अर्ब डलर थियो । एक पूर्व कर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ ।

एक महिनाअघि पूर्व कर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाउनुभएको थियो ।

उहाँले आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा फेसबुकले बालबालिकालाई नकारात्मक असर गरेको बताउनुभएको थियो । फेसबुकका प्रयोगकर्ता अहिले एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै