चीनले आफ्नो सीमा क्षेत्रको लागि नयाँ कानून पारित

चीन, १० कार्तिक । चीनले आफ्नो सीमा क्षेत्रको लागि नयाँ कानून पारित गरेको छ ।

चीनले सीमा क्षेत्रको संरक्षण र संबर्धन सम्बन्धी नयाँ कानून पारित गरेको छ । यो कानून जनवरी १, २०२२ देखि लागु हुने छ । जन गणतन्त्र चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता पवित्र र अदृश्य रहेको बताइएको छ । राष्ट्रिय जन कांग्रेसको स्थायी कमिटीको विधायी सत्रको समापन बैठकमा सांसदहरुले कानून पारित गरेका हुन् ।

कानून बमोजिम राज्यले क्षेत्रीय अखण्डता र सीमाहरुको रक्षा गर्नुको साथै क्षेत्रीय सार्वभौमसत्ता र सीमाहरुलाई कमजोर पार्ने कुनै पनि कार्यको बिरुद्ध लड्न र बचाउन उपायहरु अपनाउने छन ।

कानूनमा सीमा रक्षा, आर्थिक र सामाजिक विकास गर्नका साथै सीमा क्षेत्रहरु खुल्ला गर्ने, त्यस्ता क्षेत्रहरुमा सार्वजनिक सेवा र पूर्वाधारमा सुधार, जनताको जीवन र त्यहाँ काम गर्न प्रोत्साहित र समर्थन गर्ने, सीमा सुरक्षा र सीमा क्षेत्रमा सामाजिक, आर्थिक विकासबीच समन्वय भएको सिन्ह्वाले जनाएको छ ।

उक्त कानुनमा समानता, पारस्परिक विश्वास र मैत्रीपूर्ण परामर्शको सिद्धान्तलाई पछ्याउँने छिमेकी देशहरुसंग सीमा विवाद सम्बन्धी विवादहरु लाई उचित तरिकाले समाधान गर्ने । यो कानुन अफगानिस्तानमा बदलिएको परिदृश्यको बीच र भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको आएको छ । अप्रिल २०२० देखि तालिबानले राष्ट्र नियन्त्रण लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021