प्रशिक्षक अलमुताइरी अब तीन वर्ष नेपालमै रहने

काठमाडौँ, १० कार्तिक । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन् ।


प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए ।

तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत भएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं । नेपाली फुटबललाई अर्को स्तरमा पुर्‍याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै