प्राथमिक तहमा सबैभन्दा बढी १२ हजार शिक्षक पदपूर्ति गरिँदै

काठमाडौँ, १० कार्तिक । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिए । उनका अनुसार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नयाँ पदपूर्तिका लागि सङ्ख्या प्राप्त भएपछि तयारीको काम भइरहेको छ ।

नयाँ पदपूर्ति प्रक्रियाअन्तर्गत प्राथमिक तहमा सबैभन्दा बढी पदमा नयाँ पदपूर्ति गरिनेछ । जसअनुसार १२ हजार प्राविमा पदपूर्ति गरिनेछ । त्यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार शिक्षकको पदपूर्ति गरिनेछ ।

विद्यालय तहलाई आधारभूत र माध्यमिक तह भनेर परिभाषित गरिए पनि शिक्षकको नयाँ पदपूर्ति भने पुरानै संरचना प्रावि, निमावि र माविअनुसार नै हुनेछ । प्रावि तहको पदपूर्ति जिल्लागत तथा निमावि र माविको पदपूर्ति प्रदेशगत आधारमा गरिने छ । २०७४/०७५ पछि सार्वजनिक विद्यालयको रिक्त शिक्षक पदमा पदपूर्ति हुन लागेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।