५ लाख परिवारलाई ५ अर्ब बाँड्न बाटो खुला

काठमाडौँ, १० कार्तिक । सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू. ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो ।

यसका लागि कार्यविधि बनाएर अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा पेश गरेका थिए । गरीब घरपरिवार कस्तालाई भन्ने, त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले त्यससम्बन्धी कार्यविधिलाई स्वीकृत दिन आनाकानी गरिरहेको थियो । अहिले परिमार्जनसहित कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021