कोरोना संक्रमण बढेपछि चीनमा लकडाउन

बेइजिङ, ९ कार्तिक । चीनले ४० लाख मानिस बसोबास गर्ने सहर लान्जोउमा मंगलबार ‘लकडाउन’ जारी गरेको छ । कोरोनाको स्थानीय संक्रमण लगातार वृद्धि भएपछि यस्तो उपाय अपनाइएको हो । अहिले त्यहाँका वासिन्दालाई आपत्कालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ ।

चीनले सुरुवातदेखि नै भाइरस नियन्त्रण गर्न सिमाना र देशभित्रै पनि एकदमै कडाइ गर्दै आएको छ । मंगलबार चीनमा २९ नयाँ संक्रमित भेटिएको थियो । जसमा ६ नयाँ बिरामी लान्जोउबाट रहेको बताइएको छ । यस्तोमा लान्जोउका वासिन्दालाई सरकारले घरैमा बस्न निर्देशन दिइसकेको छ ।

चीनमा हाल फैलिरहेको भाइरस डेल्टा भेरियन्ट भएकाले पनि चिन्ताजनक मानिएको हो । यही अक्टोबर १७ पछि त्यहाँ १९८ जनामा संक्रमण फैलिइसकेको छ । स्वास्थ्यविद्हरूले संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी दिँदै परीक्षणलाई तीव्र पारिरहेका छन् । यी सबै नयाँ संक्रमण स्थानीय पर्यटनको समूहसँग सम्बन्धित रहेको बताइएको छ । त्यसैले पनि उत्तरी चीनमा दशौँ हजार मानिसलाई अनिवार्य घरमै बस्न भनेर कडा आदेश दिइएको छ ।

राजधानी बेइजिङमा भने मंगलबार तीन नयाँ संक्रमित फेलापरेका छन् । यस्तोमा पर्यटकीयस्थलहरूलाई सीमित गर्न लागिएको छ । स्थानीयलाई अति आवश्यक कामबाहेक सहर नछाड्न आग्रह गरिएको छ । त्यस्तै, कतिपय हाउजिङ क्षेत्रहरूमा पनि लकडाउन जारी गरिएको छ । आइतबार बढ्दो संक्रमणकै कारण तीस हजार बढी खेलाडी सहभागी हुने म्याराथन स्थगित गरिएको थियो ।

बाँकी विश्वसँग तुलना गर्दा चीनको संक्रमणदर अत्यन्तै थोरै लागे पनि चीनले महामारीको सुरुवातदेखि नै शून्य संक्रमण नीति अपनाउँदै आएको छ । त्यसैगरी, अब १०० दिन मात्र बाँकी रहेको जाडोयामको ओलम्पिक्सको तयारीका लागि भनेर पनि निकायहरू संक्रमण नियन्त्रण गर्न समर्पित भएर लागेका छन् । एनडीटीभी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021