संयुक्त राष्ट्र सङ्घमा तालिबानहरूलाई सिट नदिन अफगानी महिलाहरूको माग

अमेरिका, ८ कार्तिक । तालिबानहरूले सुरुमा बताए अनुरुपको वाचा पुरा गर्न नसकेको अफगानी महिला समूहको आरोप छ ।

गत बिहीबार तालिबान महिलाहरूको एउटा समूहले अमेरिकाको न्यूयोर्कमा राष्ट्र सङ्घको कार्यालय भ्रमण गरेको थियो । राष्ट्र सङ्घको विश्वव्यापी प्रतिनिधित्वमा तालिबानहरूलाई स्थान नदिन अफगानी महिलाहरूको समूहले आग्रह गरेको थियो ।

फवजिया कुफी पूर्व अफगानी राजनीतिज्ञ र अफगान शान्ति प्रक्रियाकी मध्यस्थकर्ता हुन्, उनले यसरी तालिबानहरूलाई राष्ट्र सङ्घबाट हटाउने आग्रह असाध्यै सरल र स्वाभाविक भएको बताएका छन् । उनका अनुसार राष्ट्र सङ्घले त्यस्ता मान्छे या समुदायलाई सिट दिनुपर्दछ जस्ले सबैको अधिकारको आदर गर्दछ । कुफीका साथै अफगानी पत्रकार अनीशा शाहिद, पूर्व अफगानी राजनीतिज्ञ नाहिद फरिद र पूर्व अफगानी कूटनीति विज्ञ असिला वार्दकले पनि आफ्नो मत व्यक्त गरेका थिए ।

फरिदका अनुसार तालिबानले सत्तामा आउन अगाडि भनेँ झैँ महिला अधिकार, महिला रोजगारी र स्वतन्त्रताका कुराहरूमा आफ्नो वाचा पटक्कै पुरा गर्न सकेनन् । अगस्तको मध्य देखि सत्तामा आएका तालिबानहरूले अफगानिस्तानमा महिलाहरूलाई क्रूर इस्लामिक नियमका अनुसार मात्र शासन गर्दै आएको छ ।

तालिबानले दोहामा बस्ने सुहेल शाशिनलाई आफ्नो संयुक्त राष्ट्र सङ्घको प्रवक्ता र राजदूत सिफारिस गरेको छ । घुलाम ईसाकजाई जो पहिले राष्ट्र सङ्घमा तालिबानलाई प्रतिनिधित्व गर्दथे, उनलाई चाहिँ तालिबानले हटाएको हो ।  यसरी राष्ट्र सङ्घको मुख्यालयमा पुगेका अफगानी महिलाहरूको समूहलाई राष्ट्र सङ्घ सुरक्षा परिषद्ले अलग्गै भेट गरेको थियो । यस वर्षको अन्त सम्मा राष्ट्र सङ्घले सदस्य राष्ट्रहरूको प्रतिनिधि सूचीलाई सदर गरिसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ फिल्म ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै

काठमाडौँ, २ बैशाख । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले देशैभर आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार फिल्मले

काठमाडौँ, २ बैशाख । फिल्म ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउने फिल्म बनेको छ । नयाँ

मुम्बई, २ बैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आज बिहान ५ बजे मोटरसाइकलमा