एथेन्समा बेइजिगं ओलम्पिक्स विरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ

बेजिगं, ७ कार्तिक । एथेन्समा बेजिगं ओलम्पिक्सविरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ । उनीहरूलाई बेइजिगं ओलम्पिक्सविरुद्धको ब्यानर टाँस्ने क्रममा एक्रोपोलीक्सवाट पक्राउ गरिएको हो ।

बेइजिगं ओलम्पीक फ्रेम बाल्ने पूर्वसध्याँमा यो प्रदर्शन भएको थियो । प्राचीन ओलम्पीयावाट बेइजिगंमा लगिएको आगोले उक्त फ्रेम बालिने छ । आगामी वर्षको फेब्रुअरी ४ वाट बेइजिगंमा ओलम्पिक्स सुरु हुँदै छ । ग्रिस प्रहरीका अनुसार एक पुरुष र दुई महिलाहरूलाई पक्राउ गरिएको हो, उनीहरूलाई संरक्षित प्राचीन सम्पदामा कानुन विपरीत प्रदर्शन गरिएको आरोपमा पक्राउ गरिएको हो ।

आगामी सोमबार बिहान भन्दा अगाडि ती मानिसहरूलाई न्यायालयमा उपस्थित गराइने ग्रिक प्रहरीले जनाएको छ । अमेरिकामा आधारित अभियानकर्ताहरू स्टुडेन्ट फर अ फ्री तिब्बतका सदस्य विद्यार्थीहरू पक्राउ परेका हुन् । ११८ वर्षीय सेला जोसागं र हंगकंगवाट देश निकाला गरिएकी अभियानकर्ता २२ वर्षीय जोय सिउ पक्राउ परेकी हुन् । उनीहरूलाई ग्रिसको प्राचीन स्थलहरूमा फ्री हंगकंग रिभुल्यूशनको ब्यानर र तिब्बतको झन्डा टाँसेको अनि चीन विरुद्ध नारा लगाएको आरोप छ । प्रहरी उनीहरूलाई पक्राउ गर्न पुग्दासम्म उनीहरू चीन विरुद्ध अनि बेइजिगं गेम रोक्न पर्ने नारा लगाइरहेका थिए ।

अर्को बेलायतमा रहेको हंगकंग वाच नामक संस्थाले ग्रिस सरकारलाई चीनको नेतृत्वको दबाब सामना गर्न सुझाव समेत दिएको छ । ग्रिसमा ठुलो आर्थिक मन्दीका क्रममा चीनले ग्रिसमा व्यापक लगानी गरेको पाइन्छ, यस कारणले पनि ग्रिस नेतृत्वले चीनको समर्थन गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्