सानिमा र माछापुच्छ्रे बैङ्कको सेयर मूल्य समायोजन

काठमाडौँ, ७ कार्तिक । सानिमा बैङ्क र माछापुच्छ्रे बैङ्कको सेयर मूल्य समायोजन भएको छ ।

लाभांश वितरण र साधारण सभाका लागि आइतबार भएसँगै नेप्सेले दुई बैङ्कको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समायोजित सेयर मूल्य निर्धारण गरेको हो । सानिमा बैङ्कको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले ४१७ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैङ्कको १७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

त्यस्तै, नेप्सेले माछापुच्छ्रेको बोनस सेयर समायोजन पछिको भाउ नेप्सेले ३२२ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ । नेप्सेले बैङ्कको १३ दशमलव ३० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले मूल्य निर्धारण गरेको हो । बिहीबार सानिमा बैङ्कको ४८८ रुपैयाँ ८० पैसा र माछापुच्छ्रे बैङ्कको प्रतिकित्ता ३६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021