दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

काठमाडौँ, ६ कार्तिक । पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विकास विस्तारको नाममा यति धेरै नेपाली रुपैयाँ बिदेसिएको हो । गत आर्थिक वर्षमा सूचना प्रविधिको सहज पहुँच विस्तारका लागि आवश्यक उपकरण खरिद तथा आयातमा मात्र विभिन्न सेवाप्रदायक कम्पनीले कुल १५ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ विभिन्न मुलुकमा पठाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले तथ्यांक औंल्याएको हो । सो अवधिमा विभिन्न दूरसञ्चार उपकरण, ब्यान्डविथ, प्राविधिक परामर्शलगायतका विविध शीर्षकमा नेपाल दूरसञ्चार प्राधिकरणले सो रकम विदेशी मुद्रा भुक्तानीका लागि वाणिज्य बैंक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सिफारिस गरेको छ ।

जसअन्तर्गत सो अवधिमा ३ अर्ब ३३ करोड ५९ लाख २८ हजार रुपैयाँको उपकरण भित्रिएको छ । त्यसमा सेवा प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५२.८३ प्रतिशत, एनसेल अजियटाको ४७.०१ प्रतिशत, कन्स्टेलेसन प्रालिको ०.०९ प्रतिशत र क्लासिक टेकको ०.०७ प्रतिशत रहेको छ ।

यसैगरी, कुल विदेशी मुद्रामा एनसेलले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड ४२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्च भएको रकमको ४८.११ प्रतिशत हो । त्यसैगरी, दोस्रोमा वल्र्डलिंक कम्युनिकेसनले १ अर्ब ६६ करोड ५ लाख ५ हजार रुपैयाँको उपकरण, प्रविधि भिœयाएको छ । नेपाल टेलिकमले भने समग्रमा २.३४ प्रतिशत रकम मात्र बाहिर पठाएको देखिएको प्राधिकरणले जनाएको छ । जसअनुसार १६ करोड, ६३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६