न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ, ५ कार्तिक । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार भएको बाँडफाँटमा २ लाख ९ हजार २५० जनाले शेयर पाएका छन् ।

आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको आवेदन गरेका थिए । जसमा १० हजार ४४२ आवेदन रद्द भएको थियो भने ३ हजार ५०४ आवेदन सिआस्वा प्रणालीले अस्वीकृत गरेको थियो । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ आवेदनमा आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ४५ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021