हार्वर्ड विश्वविद्यालयले समर भाषा कार्यक्रमलाई चीनबाट ताइवानमा सार्‍यो

ताइवान , ५ कार्तिक । अमेरिका र चीन बिचको बढ्दो तनावको प्रभाववाट विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालय पनि अछुतो रहन सकेन । विश्वविद्यालयले आफ्नो प्रसिद्ध समर भाषा कार्यक्रमलाई चीनबाट ताइवान सारेको छ । अमेरिकी विद्यार्थीहरुलाई आफ्नो म्यान्डेरिन भाषा सुधार गर्ने अवसर दिँदै चीन भ्रमण गर्ने अवसर दिने समर कार्यक्रमलाई सर्लक्क चीनबाट सारेर ताइवान लगिएको छ । ताइवान नेशनल युनिभर्सिटीमा यो सारेर लगिएको हो । आउँदो समर सिजनमा यहाँ ६० जना अमेरिकी विद्यार्थीहरू जोडिन आउनेछन् । ताइवानको राजधानी ताइपेमा यस विश्वविद्यालय रहेको छ ।

यस कार्यक्रमले उत्तरी ताइवानमा पश्चिमा पर्यटकहरू बढाउने, यसका साथै ताइवानको संस्कार, परम्परा प्रतिको आकर्षण पनि बढाउने बताइएको छ । बेजींग ल्यागंवेज एन्ड कल्चरल युनिभर्सिटीले चलाएको यस भाषा कार्यक्रम अमेरिकी विश्वविद्यालयका अनुसार होस्ट विश्वविधालयको मैत्रीपूर्ण व्यवहार नपाएकाले हटाएको बताएको हो । सन् २००४ बाट सुरु भएको यस समर भाषा कार्यक्रम अहिले आएर चीनका नेतृत्वले अमेरिकी संस्थाहरूलाई हेर्न नजर परिवर्तन भएसङै ताइवान सारिएको हुनसक्ने बताइन्छ । ताइवानका परराष्ट्र मन्त्रालयका प्रवक्ता जोयान ओउ ले चाहिँ हार्वर्ड विश्वविद्यालयले यसरी समर भाषा कार्यक्रमलाई ताइवानमा ल्याउने निर्णयलाई स्वागत गरेका छन् ।

ताइवानको फ्री समाजले अमेरिकी र ताइवानी विद्यार्थीहरू बिचको बुझाई र सांस्कृतिक आदानप्रदानमा समेत राम्रो भूमिका खेल्ने ताइवानको परराष्ट्र मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021