अमिताभले अब ‘पान मसला’को विज्ञापनमा काम नगर्ने

काठमाडौँ, २६ असोज । बलिउडका नायक अमिताभ बच्चनले एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् ।

आज आफ्नो ७९ औं जन्मदिनको अवसर पारेर उनले एक पान मसलासँगको संझौता सकिएको जानकारी दिएका छन् । ७९ बर्षको उमेरमा पनि अमिताभ बलिउडका सर्वाधिक सफल र व्यस्त नायक हुन् ।

पान मसलाको विज्ञापन सार्वजनिक भएको केही हप्तापछि अमिताभले ब्रान्डसँग सम्पर्कै गरेका थिए । उनले, गत साता नै यो ब्रान्डसँगको संझौता अगाडि नबढाउने फैसला लिएका थिए । जब अमिताभ यो बूान्डसँग जोडिएका थिए त्यतिबेला उनलाई यो विज्ञापन सरोगेट अन्र्तगत पर्छ भन्ने थाहा थिएन । अमिताभले ब्रान्डसँगको संझौता खारेज गर्दै प्रमोशन शुल्क समेत फिर्ता दिएका छन् ।

जब, यो विज्ञापन सार्वजनिक भएको थियो त्यसपछि अमिताभको सामाजिक संजालमा खुबै ट्रोल पनि भएको थियो । अमिताभलाई यस्ता विज्ञापनमा काम गर्न किन पर्यो भनेर धेरै सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न पनि गरेका थिए । जसको जवाफ दिदै अमिताभले भनेका थिए–‘म माफी चाहन्छु । तर, यदि कसैको व्यवसायमा सहयोग पुग्छ भने त्योसँग किन जोडिन्छ भनेर सोच्नु हुँदैन । यदि व्यवसाय हो भने हामीले पनि आफ्नो व्यवसायको बारेमा सोच्नु पर्दछ । तपाइलाई मैले किन यो विज्ञापनमा काम गरे भन्ने लागेको होला । यो विज्ञापनमा काम गर्दा मलाई पैसा मिल्छ । हाम्रो उद्योगमा जो लाखौं मानिसहरु काम गर्छन्, उनीहरुलाई पनि रोजागर मिल्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021