‘महानायक–महानायिका’कोे बहस बेकार छः रेखा थापा

काठमाडौँ, २४ असोज । नेपाली चलचित्र निर्दशक तथा नायीका रेखा थापाले ‘महानायक–महानायिका’कोे बहस बेकार रहेको बताएकी छिन् ।

उनी भन्छिन्, ‘मानिस कामले महान् हुने हो । ‘महानायक’हरु कुनै यूगमा जन्मिए होलान् । जस्तो पृथ्वीनारायण शाह, गौतम बुद्ध, भगवान् कृष्णलाई हामी महान् भन्न सक्छौं ।’ ‘म दर्शकहरुको मतलाई सम्मान गर्छु । तर, एउटा कलाकार सधै नै सिकारु हुन्छ । हामी सबै एउटै हौं, किनकी हामीले नवरसमा काम गर्छौ । एउटा चलचित्रमा गरेको अभिनय अर्कोमा काम नलाग्न सक्छ ।’

रेखाले मान्छे नै बन्न नसेको अवस्थामा ‘महान्’ थप्नु बेकारको बहस भएको बताइन् । भनिन्–‘महान् पुष्टी गर्न हामीले यो जुनीमा सक्छौं जस्तो मलाई लाग्दैन । म दर्शकलाई पनि यो विवादमा कसैलाई गाली गरेर बस्न भन्दा यसलाई वेवास्ता गर्न आग्रह गर्दछु । म सधै नै एउटा राम्रो मानिस बन्ने प्रयासमा छु । असल मान्छे बन्न सकेँ भने मेरो लागि यो जुनीको सबैभन्दा ठूलो अवार्ड त्यही हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने