पाँचौ संस्करणको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ दौड सम्पन्न

काठमाडौँ, २३ असोज । उज्ज्वल तारा स्कुल, काँडाघारीको आयोजनामा विविध सन्देशमुलक कार्यक्रम सहितको पाँचौं संस्करणको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ दौड सम्पन्न भयो ।

कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र प्रतिष्ठाको रुपमा विगत पाँच वर्षदेखि उज्ज्वल तारा स्कुलले यो दौड आयोजना गर्दै आइएको छ । एकै परिवारका हजुरबुबादेखि पनातिसम्म गरि चार पुस्ताका सदस्यदेखि विद्यार्थी, महिला, किशोर किशोरी र जेष्ठ नागरिकसमेत १८० जनाले ५ किलोमिटर दुरीको सो दौड प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगिताका विजयीहरुलाई काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइराला, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, ९ नं वडाका अध्यक्ष कुन्दन खड्का, उज्ज्वल तारा स्कुल व्यवस्थापन समितिका अध्यक्ष गायत्री थापा कार्की, सल्लाहकार एवम् कार्यक्रम संयोजक कर्णेल विष्णु बहादुर कार्की, अतिथिहरु समाजसेवी गोविन्द कार्की, उत्तम पुडासैनी, घनश्याम थापा लगायतले पदक, ट्रफि र प्रमाणपत्र वितरण गरे ।

आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्य सम्वन्धि जनचेतना अभिवृद्धि गर्न र दशैंको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त दौड प्रतियोगितामा अभिभावक पुरुषतर्फ सुनिल कार्की, प्रमोद लामिछाने र विकास बस्नेत तथा अभिभावक महिला तर्पmलक्ष्मी भण्डारी, कल्पना खनाल र ज्योति कार्की क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

यसैगरि खुल्ला विधा महिलातर्फ रमिता गुरुंग, रेजिना पुलामी र जमुना नापित तथा पुरुषतर्फ विक्रम खड्का, गगन गौरी र पुजन श्रेष्ठ क्रमश ः पहिलो दोस्रो र तेस्रो भए । त्यस अवसरमा वाल मुटुरोग अस्पताल सञ्चालनको लागि काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालालाई स्थानीय दामोदर खड्काले १ लाख १ हजार तथा काशीराम खड्काले दौडका सहभागी जेष्ठ नागरिक ८९ र ८३ वर्षिय दुईजना धावकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान

काठमाडौँ, ११ असोज । समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण