श्रमिक शान्ति माविकी प्रतिमाले एमबिबिएस अध्यययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकालिन्

ललितपुर, २१ असोज । बलराम प्यासी । महंगा नीजि विद्यालयमा पढ्ने विद्यार्थीले मात्रै चिकित्सा शिक्षा (एमबिबिएस) र इन्जिनियरिङ्ग प्रवेश परीक्षामा नाम निकाल्न सक्छन भन्ने भनाईलाई ललितपुरको च्यासलस्थित चर्चित सामुदायीक विद्यालय श्री श्रमिक शान्ति माविकी छात्रा प्रतिमा भण्डारीले गलत सावित गरिदिएकी छिन् ।

सो विद्यालयमा नर्सरी कक्षादेखि १२ कक्षासम्म अध्ययन गरेकी मेधावी छात्रा प्रतिमाले चिकित्सा शिक्षा आयोगद्वारा गत साउनमा लिएको एमबिबिएस प्रवेश परीक्षामा महिला कोटातर्फ पुर्ण छात्रवृत्तिमा अध्ययन गर्ने सूचिमा आफ्नो नाम ४२ नंवरमा निकालेकी हुन् । माद्यमिक शिक्षा परीक्षा एसईईमा विशिष्ट (ए प्लस) र सोही विद्यालयमाविज्ञानतर्फ बायोलोजि विषय लिएर पढी कक्षा ११ र १२ को परीक्षामा प्रथम श्रेणी (ए) हासिल गरेकी छात्रा प्रतिमा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीको रुपमा रहेकी प्रधानाध्यापक सानुलाल व्यन्जनकार बताउनुहुन्छ । काभ्रेको पाँचखालकी स्थायी वासिन्दा प्रतिमालाई विद्यालयले सानै कक्षादेखि ११ १२ कक्षासम्म पूर्ण छात्रवृत्ति दिएको थियो ।

त्यसो त छात्रा प्रतिमा मात्र नभई यसअघि सो विद्यालयमा पढेका अन्य दुईजना विद्यार्थीले पनि एमबिबिएस प्रवेश परीक्षाको छात्रवृत्ति कोटामा नाम निकालिसकेका छन भने इन्जिनियरिङ्ग अध्ययनमा पनि छात्रवृत्ति कोटामै नाम निकालेको प्रधानाध्यापक व्यन्जनकार बताउनुहुन्छ । एमबिबिएस प्रवेश परीक्षामा पुर्ण छात्रवृत्तिमा अध्ययन गर्ने सूचिमा आफ्नो नाम निकाल्न सफल छात्रा प्रतिमाको सम्मानमा विद्यालयले बुधबार वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्यो ।

ललितपुर महानगरपालिका वडा नं ९ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु मर्हजनले छात्रा प्रतिमालाई विद्यालयको तर्फबाट नगद ५ हजार ५ रुपैयाँ तथा प्रशंसापत्र प्रदान गरे । यसैगरि प्रधानाध्यापक सानुलाल व्यन्जनकार, सहायक प्रधानाध्यापक पवन कार्की, दश जोड दुई (+२) विज्ञान विभाग प्रमुख हेमप्रसाद बुढामगर, माद्यमिक शिक्षिका शान्ति पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य (शिक्षक प्रतिनिधि)उद्धव प्रसाद तिमल्सिनाले छात्रा प्रतिमालाई टिका र खादा लगाएर सम्मान गर्दै वधाई दिए ।

श्री श्रमिक शान्ति ललितपुर महानगर क्षेत्रकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा परिचिति छ । जसका कारण त्यहाँ अध्ययनको लागि हरेक वर्ष विद्यार्थीको चाप बढ्ने गरेको विद्यालयको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।