जर्नल अफ साइबर सेकुरिटी एण्ड इनोभेसन: नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल शुरुवात

काठमाडौँ, २१ असोज । साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन तथा जर्नलका लागि साइबर सेकुरिटी क्षेत्रका बिज्ञहरुबाट लेख रचनाको लागि खुल्ला आब्हान गरिएको छ ।

बढ्दो अनलाइन कारोवार र सूचना प्रविधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुविधासँग सँगै थपिएका सुरक्षा चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई नै आआवश्क पर्ने साइबर सुरक्षा जनशक्ति तयार गर्न र सूचना प्रविधि प्रयोगकर्तालाई जागरण गर्न आवश्यक रहेकोले रिसर्च र इनोभेसनको साथै प्राप्त सूचना र ज्ञानको प्रयोग गरि साइबर सेकुरिटी जर्नल प्रकाशन गर्न लागिएको आयोजकहरुले बताए ।

असोज २० गते सम्पन्न साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन कार्यक्रम साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्यको अध्यक्ष्यतामा भयो । जसमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिब अनिल कुमार दत्तको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि अनिल कुमार दत्तले साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त सहकार्यमा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नल साइबर सुरक्षा चुनौती ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशेढुंगा साबित हुने बताउनुभयो ।

कार्यक्रमको अध्यक्ष्यता गर्नु हुने प्रा डा सुबर्ण शाक्यले साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त सहकार्यमा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नल साइबर सुरक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै अब्बल जर्नल बनाउने बताउनुभयो ।

साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलमा सूचना प्रविधि क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन, विश्वका विकसित मुलुकका अभ्यासहरु, उपभोक्ता शिक्षा, पास्वोर्ड व्यवस्थापन, साइबर सेकुरिटी रणनीति सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आब्हान गरिएको थियो । उक्त जर्नलको प्रकाशनकार्य समितिको सहयोग र समन्वयमा संयोजनको जिम्मेबारी डा राजिब सुब्बालाई दिईएको छ ।

कार्यक्रममा सूचना प्रविधि विज्ञहरु डा राजिब सुब्बा, रोम कान्त पाण्डे, बाबुराम अर्याल र नरेश लाम्गादेलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुले सूचना प्रविधिको बढ्दो प्रयोग र उत्पन्न सुरक्ष्या चुनौतिहरु र यसबाट कसरि अवसर सिर्जना गर्न सकिन्छ ? भन्ने बारेमा चर्चा गरिएको थियो ।

सूचना प्रविधिको बढ्दो प्रयोग र उत्पन्न सुरक्ष्या चुनौतिहरु र यसबाट कसरि अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्दर्भमा बढी भन्दा बढी प्रभावकारिताको लागि साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्य र बग भी का फाउनडर नरेश लाम्गादे र एनपी सर्टका अध्यक्ष चिरन्जिबी अधिकारि र बग भी का फाउनडर लाम्गादे बीच छुट्टा छुट्टै एमओयु हस्ताक्षर गरि आगामी दिनमा साइबर सेकुरिटी क्षेत्रका चुनौतीलाई अवसरमा बदल्नसँग सँगै सहकार्य गर्ने सम्झौता समेत सम्पन्न भयो ।

कार्यक्रम संचालक साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका माहासचिब इ शालिग्राम पराजुलीका अनुसार साइबर सेकुरिटी विश्वव्यापी समस्याको रुपमा आएको र यसले यो क्षेत्रमा काम गर्ने जना शक्तिलाई राम्रो अवसर समेत सँगसँगै ल्याएर आएको तर त्यसलाई उपयोग गर्न क्षमता अभिवृद्धि गर्नु पर्ने, प्रशस्त साइबर सेकुरिटी जनशक्ति तयार गर्नु पर्ने, पूर्वाधार र नीति नियममा धेरै समय सापेक्ष सुधार गर्नु पर्ने, सरकार र नीजि क्षेत्रले सहकार्य गर्दै आगाडी बढ्नु पर्ने, साइबर सेकुरिटीको विषय अत्यन्त बृहद रहेको, नयाँ नयाँ प्रविधिको विकास र प्रयोगसँग सँगै नयाँ नयाँ प्रकृतिका साइबर सेकुरिटी चुनौती समेत आउने आउने छ । त्यसका लागि व्यापक क्षमता विकास र पूर्वाधार तयारिका साथै उपभोक्तादेखि नीति निर्माता र सूचना प्रविधिमा काम गर्ने समुदायमा सहभागितामूलक कार्यक्रम गर्दै समस्याको मिटिगेसन र प्रिकसनमा ध्यान दिनु जरुरि रहेकोले यी आवश्यकता पुरा गर्न आवश्यक स्तरको जर्नल प्रकाशन गर्ने र साथ साथै नविनतम प्रविधिसँग हातेमालो गर्दै सूचना प्रविधि क्षेत्रको अध्ययन अनुसन्धानलाई व्यापक गर्दै लगिनु पर्नेमा उहाँको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट माग्ने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा