मध्य भोटेकोसी जलविद्युत् कम्पनीको आईपीओ खुल्यो

काठमाडौँ, २० असोज । मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान ९आईपीओ० बिक्री खुला गरेकोे छ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरेको हो । सर्वसाधारणका लागि निष्कासनमा ल्याएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता सेयरको लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा यही असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्म मागानुसार पर्याप्त आवेदन नपरे आउँदो कात्तिक ३ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मोबाइल एपबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । सरकारी कर्मचारीले बैठकभत्ता, प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे वापतको भत्ता, जोखिम भत्ता र विशेष भत्ता लगायका

काठमाडौँ, २४ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । प्याज

काठमाडौँ, २४ माघ । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २३ माघ । आज सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले घटेको छ । २७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र