सन्दीप लामिछानेलाई जरिबाना

काठमाडौँ, १५ असोज । चितवन टाइगर्सविरुद्धको खेलमा ‘स्लो ओभर’ बलिङ गरेको भन्दै एभरेस्ट प्रिमियर लिग (ईपीएल)ले काठमाडौं किङ्स–११ का कप्तान सन्दीप लामिछानेलाई जरिबाना गरेको छ ।

बिहीबार भएको चितवनविरुद्धको खेलमा स्लो ओभर बलिङ गरेको भन्दै कप्तान सन्दीपलाई कप्तानको रूपमा लागु भएको ‘म्याच फी’ १० प्रतिशत म्याच फी जरिबाना गरेको हो । म्याच रेफ्री मोहम्द शफिकले यो जरिबाना तोकेका हुन् ।

त्यस्तै बाँकी खेलाडीहरूलाई पनि ‘म्याच फी’को २ प्रतिशत जरिबाना गरिएको छ । बिहीबार भएको खेलमा काठमाडौं चितवनसँग ३ विकेटले पराजित भएको थियो । सन्दीप लामिछानेले ईपीएलमा पहिलोपटक कप्तानी गरेका हुन् ।

सन्दीपको टिमले पहिलो खेलमा ललितपुर प्याट्रियट्माथि ७ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६