एपीएफ समूह विजेता

काठमाडौँ, १४ असोज । सशस्त्र प्रहरी बल (एपीएफ)को महिला टोलीले आज अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपमा समूह ‘ए’को विजेता बनेको छ ।

पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएसँगै एपीएफले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको थियो । समूह विजेता र उपविजेता टुंगो लगाउने खेलमा एपीएफले पुलिसलाई २५–१४, २१–२५, २५–१८ र २५–१९ को स्कोरमा हराएको हो । जितसँगै समूह ‘ए’मा एपीएफले ६ अंक जोड्यो । पुलिसले तीन अंक जोड्दा ढोरपाटन अंकविहीन रह्यो ।

एपीएफले अब समूह ‘बी’को उपविजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । पुलिसले समूह ‘बी’को विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६