परिसूचक नेप्से ७३ अंकले घट्यो

काठमाडौँ, ११ असोज । सेयर बजारको परिसूचक नेप्से आज ७३ अंकले घटेको छ ।

सो अंकको गिरावटपछि परिसूचक २६८५ अंकमा कायम भएको छ । त्यस्तै हिजो आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो ।

यस दिन सबै समूहहरु राताम्मे भएका छन् । बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे ।

यस दिन ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । सूचीकृत भएयता मनकामना स्मार्टको मूल्य प्रायः १० प्रतिशतका दरले बढ्दै आएको छ। सोमबार कम्पनीको मूल्य प्रतिकित्ता १५९३ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य पनि १० प्रतिशतले बढ्यो । हालै सूचीकृत भएको मैलुङखोलाको मूल्य प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो। यी ३ बाहेक सबै कम्पनीको मूल्य घटेको छ ।

गुमाउनेमा गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि रहे। ती सबै कम्पनीको मूल्य ७ प्रतिशतभन्दा धेरैले घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका