शेयर बजार ६१ अङ्कले घट्यो

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई हजार सात सय ५८ दशमलव ४८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ३३ वटा कम्पनीमध्ये २४ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ । आईसीएफसी फाइनान्सको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४४ लाख ९४ हजार कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021