ईपीएलमा काठमाडौँले ललितपुरलाई हरायो

काठमाडौँ, ९ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित हराएको छ ।

आज भएको उद्घाटन खेलमा काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो । काठमाडौँका लागि वर्लले अविजित ७३ रनको पारी खेले । ३४ बल खेलेका उनले तीन चौका र सात छक्का प्रहार गरे ।

त्यस्तै, काठमाडौँका लागि रमनउल्लाह गुरुवाजले ५९ रनको पारी खेले । ३६ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे । काठमाडौंका लागि राजु रिजालले अविजित १९ रन जोडे । ललितपुरका लागि योगेन्द्र सिंह कार्कीले ३३ रन बनाउँदा मिक्यो दोर्जीले १७ रन जोडे ।

बलिङतर्फ काठमाडौँका लागि तीव्र गतिका बलर जितेन्द्र मुखियाले चार विकेट लिए । त्यस्तै गुलशन झा र ¥यान वर्लले समान दुईरदुई विकेट लिए । जितसँगै काठमाडौँले दुई अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६