मिझिङमा शिक्षक रोकाका कारण विद्यार्थी आजित, शिक्षकलाई राजमो जिल्ला अध्यक्षको साथ

रोल्पा, ८ असोज । विद्यालयलाई सरस्वति अर्थात विद्याको मन्दिर भनिन्छ । जहाँ कलिला बालबालिकाहरु शैक्षिक ज्ञान हासिल गर्न मात्र नभएर व्यावहारिक ज्ञान पनि आर्जन गर्न जान्छन् ।

त्यसैले विद्यालयमा सभ्य र विशिष्ट व्यवहार प्रदर्शन शिक्षकहरुबाट हुनु पर्दछ, तर रोल्पाको सुनिल स्मृतिगाउँपालिका–३ मिभिङ स्थित चन्द्रप्रभा माविमा भने यसको ठिक उल्टो हुदै आएको छ । विद्यालयका शिक्षक दुर्गाप्रसाद रोका सधै जसो विद्यालयमा रक्सी खाएर गएका हुन्छन् । उनले रक्सीको नसामा लठ्ठ परेर विद्यार्थीहरुलाई अपशब्द प्रयोग गर्ने, अभद्र व्यवहार गर्ने र कार्यालयमा नगएको दिनको हाजिरी पनि एकै पटक गर्ने जस्ता हर्कत गर्दै आएका छन् । विद्यालयमा गएर पठनपाठन गर्नुको सट्टा उनले दैनिक जसो यस्तै व्यवहार प्रदर्शन गर्ने गरेका छन् । उनको यो व्यवहारले विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक आजित भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठक तथा अभिभावक भेलामा अधिकांश अभिभावकहरुले यस बारेमा कुरा उठाउने गरेको छन् ।

राजमो जिल्ला अध्यक्ष विष्टको साथ

ति जड्याहा शिक्षकलाई विद्यालय प्रशासनले पटक–पटक विद्यालय आउदा रक्सी नखान चेतावनी दिदै आएको छ । तर राजनीतिक पहँुचको धाक देखाउदै ति शिक्षकले विद्यालय प्रशासन लगायत अभिभावकहरुसँग अटेरी गर्दै आएका छन् । जड्याहा शिक्षकलाई राष्ट्रिय जनमोर्चा पार्टीका जिल्ला अध्यक्ष मेघनाथ विष्टले साथ दिदै आएका छन् । उनकै आडमा ति शिक्षकले वर्षौसम्म विद्यालयमा एक प्रकारको दादागिरी नै मच्चाएका छन् । विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकहरुले माथिल्लो तहसम्म जड्याहा शिक्षकलाई कारबाहीको माग गर्दा उनै जनमोर्चाका जिल्ला अध्यक्षले राजनीतिक शक्तिको दुरुपयोग गर्दै ति शिक्षकको संरक्षण गर्दै आएका छन् । उक्त शिक्षकको बारेमा गाउँपालिकासम्म कुरा पुगेपनि त्यहाँबाट राजनीतिक पहँुचकै भरमा उनले माफी मागेर छुटकारा पाउने गरेका छन् । राष्ट्रिय जनमोर्चा निकट शिक्षक संगठनका जिल्ला सचिव समेत रहेका ति शिक्षकलाई गाउँपालिकाबाट सरुवाको चेतावनी आउँदा केहि दिन रक्सी छाड्ने गरेपनि फेरी उहीँ व्यवहार पटक पटक दोहोराउदै आएका छन् ।

विव्यस गठनमा पनि हस्तक्षेप

विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको दुई वर्ष बित्यो तर अहिलेसम्म पुनः गठन हुन सकेको छैन् । गत चैतमा समिति पुनः गठन गर्नका लागि भेला बोलाइएको थियो । उक्त भेलाबाट दुई जना महिला सदस्य सर्बसम्मत चुनिएका थिए तर जनमोर्चाका तिनै जिल्ला अध्यक्ष विष्टले आफू नभए अरु कसैलाई अध्यक्ष बन्न नदिने धम्की दिए पछि हालसम्म पनि विव्यस गठन हुन सकेको छैन् । विद्यालय प्रशासनले पटक पटक विव्यस गठनको प्रयास गरेपनि विष्टकै दबाव र धम्कीले समिति गठन अन्यौलमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६