काठमाडौँ आइपुगे क्रिकेट स्टार अफ्रिदी

काठमाडौँ, ७ असोज । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदी काठमाडौँ आइपुगेका छन् ।

नेपाल आउन पाउँदा खुसी लागेको भन्दै उनले भने, ‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको छु ।’ अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने छन् । ४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गरेको छ ।

इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा खेलाइने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६