‘देउवा सरकारले गर्दा संविधान दिवस अँध्यारो बन्यो’

दिपेश खड्का

नेपाली जनताको लामो समयसम्मको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको रुपमा रहेको नेपालको लोकतान्त्रीक गणतन्त्र हो । विश्वमा नै विरलै रुपमा हुने गरेको आफ्नो देशको संविधान आफै जनताद्वारा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको नेपालको संविधान । जनताको माग, चाहना र आवश्यकतालाई हृदयमा राखी जनतामा समर्पित जनप्रतिनिधिले निर्माण गरेको नेपालको संविधानमा करिव सवै नेपाली जनता तथा राजनीतिक दलको समर्थन रहेको छ ।

यसरी जनताको रोजाई तथा नेपाली स्वभिमानलाई उचो बनाउने नेपालको संविधान २०७२ सालमा असोज ३ गते जारी गरियो । जसले नेपालको गरर्विलो इतिहास बन्यो, विश्वको उत्कृष्ट संविधान बन्यो, विश्वका शक्तिशाली मुलुकहरुको नजर नेपालमा पर्न थाल्यो । जसमा हिजो सातौं संविधान दिवस मनाईयो । परिवर्तनबाट प्राप्त उपलब्धीको रुपमा संविधान दिवस मनाइयो होला तर वर्तमान गठबन्धनको सरकारको गतिविधिले संविधान दिवस अध्यारो जस्तै बन्यो ।

धैरै साथीहरुको सामाजिक सञ्जालमा पार्टी कार्यालय, अन्य ठाउँमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरि मनाएको देखे । मलाई पनि मनाउन मन थियो तर यो पटक मनाउन सकिन किन भने विभिन्न सरकारी कार्यालय, विभाग, ईकाइ कार्यालयहरुमा धाएर अनेकन प्रकृया पुरा गरेर माननीय महेश बस्नेतको पहलमा आफ्नो वडा (सुडाल), नगरपालिका, भक्तपुर जिल्लाका पुर्वाधार, स्वास्थ्य, शिक्षा लगाएताका योजनाहरु बजेट परेका थिए तर आज नै मैले जानकारी पाए कि ति योजनाहरु त राजनीतिक पुर्वाग्रह राखेर काटिएछ, मेरो मेहेनत खेर गएछ ।

के ति योजनाहरु तयार हुदाँ एमालेले मात्र लाभ लिने थिए ? के ति सडक, पुल बन्दा एमालेको कार्यकर्ता मात्र हिड्ने थिए ? आफ्नो पहलमा योजना पार्नुको कुरा त कहाँ हो कहाँ, आएको बजेट पनि काट्छन् । माननीय महेश बस्नेतले भन्नु हुन्थ्यो राजनीतिमा प्रतिस्पर्धा विकासमा ऐक्यवद्धता । के हाम्रा नगरका, वडाका, जिल्लाका अन्य दलका नेताहरु यस प्रति जिम्मेवार हुनु पर्दैन ?

म गर्वका साथ जनताका आँगनमा गएर भन्न सक्छु, महेश बस्नेतको पालामा, केपी ओलीको सरकार हुँदा मैले मेरो ठाँउको लागि यो गरे भनेर, के तपाँइहरु सक्नुहुने छ ? त्यसैले म भन्छु भन्छु केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद ।

सचिवालय सदस्य
राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय कमिटी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष

काठमाडौँ, ९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको