भौतिक कक्षा नै बढी प्रभावकारी

काठमाडौँ, ३१ भदौ । शिक्षा क्षेत्रका विज्ञहरूले भौतिकरूपमा जस्तो भर्चुल कक्षा प्रभावकारी नभएको धारणा राख्नु भएको छ । तर पनि कोरोना महामारीका कारण प्रविधिका क्षेत्रमा शिक्षकदेखि विद्यार्थीसम्मले आफ्नो ज्ञानलाई बढाउन सफल भएका छन् ।

इन्टरनेटको पहुुँच बढ्दै गएकाले पनि महामारीका बेला भर्चुल कक्षा बाध्यकारी थियो तर अब भौतिकरूपमै कक्षा सञ्चालन गर्नु राम्रो हुने भनाइ शिक्षाविद्हरूको छ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन. आर. कलेजको १५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राध्यापक श्यामकृष्ण बिष्टले भौतिक कक्षाको पढाइ अगाडि बढाउँदा सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डको पालनामा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक सभा सदस्यसमेत हुनुभएका सो कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जनले प्रविधिले शिक्षा क्षेत्रमा मात्र नभई ज्ञानको क्षेत्रमा आमूल परिवर्तन ल्याएकाले हाम्रा प्राध्यापकहरूले आफ्नो प्रावधिक ज्ञानको विकासमा सधैं अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष चित्रवरध्वजसिंह थापाले कलेजले भौतिक र गुणस्तर दुवैमा राम्रो प्रगति गरेको उल्लेख गर्दै कलेजमा हाल स्नातक तह र स्नातकोत्तर तहमा गरी एक हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । क्याम्पस प्रमुख राजीप धितालले कलेजमा नयाँ नयाँ पाठ्यक्रमलाई समावेश गराएर विद्यार्थीको आकर्षणलाई कायमै राख्न र प्राध्यापकहरूलाई प्रविधिमैत्री पुनर्ताजगी तालिम दिने योजना सुनाउनुभयो ।

कलेजको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका विभागीय प्रमुख कृष्णराज कट्टेलले स्नातक तह तहमा मानविकी, शिक्षा शास्त्र सङ्काय र व्यवस्थापन विषयमा अध्यापन हुँदै आएको छ भने स्नातकोत्तर तहमा व्यवस्थापन र समाजशस्त्रमा पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित