भौतिक कक्षा नै बढी प्रभावकारी

काठमाडौँ, ३१ भदौ । शिक्षा क्षेत्रका विज्ञहरूले भौतिकरूपमा जस्तो भर्चुल कक्षा प्रभावकारी नभएको धारणा राख्नु भएको छ । तर पनि कोरोना महामारीका कारण प्रविधिका क्षेत्रमा शिक्षकदेखि विद्यार्थीसम्मले आफ्नो ज्ञानलाई बढाउन सफल भएका छन् ।

इन्टरनेटको पहुुँच बढ्दै गएकाले पनि महामारीका बेला भर्चुल कक्षा बाध्यकारी थियो तर अब भौतिकरूपमै कक्षा सञ्चालन गर्नु राम्रो हुने भनाइ शिक्षाविद्हरूको छ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन. आर. कलेजको १५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राध्यापक श्यामकृष्ण बिष्टले भौतिक कक्षाको पढाइ अगाडि बढाउँदा सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डको पालनामा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक सभा सदस्यसमेत हुनुभएका सो कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जनले प्रविधिले शिक्षा क्षेत्रमा मात्र नभई ज्ञानको क्षेत्रमा आमूल परिवर्तन ल्याएकाले हाम्रा प्राध्यापकहरूले आफ्नो प्रावधिक ज्ञानको विकासमा सधैं अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष चित्रवरध्वजसिंह थापाले कलेजले भौतिक र गुणस्तर दुवैमा राम्रो प्रगति गरेको उल्लेख गर्दै कलेजमा हाल स्नातक तह र स्नातकोत्तर तहमा गरी एक हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । क्याम्पस प्रमुख राजीप धितालले कलेजमा नयाँ नयाँ पाठ्यक्रमलाई समावेश गराएर विद्यार्थीको आकर्षणलाई कायमै राख्न र प्राध्यापकहरूलाई प्रविधिमैत्री पुनर्ताजगी तालिम दिने योजना सुनाउनुभयो ।

कलेजको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका विभागीय प्रमुख कृष्णराज कट्टेलले स्नातक तह तहमा मानविकी, शिक्षा शास्त्र सङ्काय र व्यवस्थापन विषयमा अध्यापन हुँदै आएको छ भने स्नातकोत्तर तहमा व्यवस्थापन र समाजशस्त्रमा पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा