काठमाडौँ, ३१ भदौ । आज सेयर बजारको परिसूचक नेप्से ७६ अंकले घटेको छ । ७६.६५ अंकले घटेसँगै नेप्से परिसूचक २८१२ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम भने केही बढेको छ ।
हिजो ५ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ९ अर्ब ३ करोड पुगेको छ । यस दिन सबै समूहहरु घटेका छन् । बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटे ।
यस दिन २ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ । मनकामना स्मार्ट लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ। सो मूल्यवृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ कायम भएको छ। सोबाहेक अरु बढ्ने कम्पनीको मूल्य वृद्धिदर २ प्रतिशतमुनि नै रह्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेको छ। श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ ।